राप्रपा नेपाल पर्सा अध्यक्षमा यादव, बाजुरामा सुनुवार

नेपालभ्युज

राप्रपा नेपाल पर्सा अध्यक्षमा यादव, बाजुरामा सुनुवार

काठमाडौं। कमल थापा नेतृत्वमा पुनर्जागृत भएको राप्रपा नेपालले संगठन विस्तारलाई तीव्र बनाएको छ।

पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू धमाधम गठन भइरहेका छन्। यो क्रममा राप्रपा नेपालनिकट कार्यकर्ताको भेलाले पार्टीको पर्सा जिल्ला अध्यक्षमा जंगबहादुर यादवलाई चयन गरेको छ।

यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ। यसैगरी बाजुरा जिल्लाको अध्यक्षमा कमल सुनुवार चयन भएका छन्। सुनुवारको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल बाजुरा जिल्ला कार्य समिति गठन भएको छ।

जनवर्गीय संगठनहरू धार्मिक, मुश्लिम, उत्पीडित र सांस्कृतिक संगठनको घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved