बढी राष्ट्रवादी देखिन घृणाको राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ: थापा

उनले निर्वाचनलाई मर्यादित बनाउन र अनावश्यक खर्च नियन्त्रण गर्न राज्यले नै रकम उपलब्ध गराएर खर्च प्रणालीमा सुधार ल्याउनुपर्ने बताए।

नेपालभ्युज

बढी राष्ट्रवादी देखिन घृणाको राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ: थापा

जनकपुरधाम। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीति गर्ने सोच एवं प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन्।

महामन्त्री थापाले शनिबार जनकपुर साहित्य महोत्सवको राजनीतिक संवाद सेसनमा कुनै देश, क्षेत्र वा समुदायप्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान अघि बढाउन आफूहरू लागेको बताए।

उनले नेपाली कांग्रेसको सदस्यताको घेरा फराकिलो पारिने बताउँदै उनले भने, ‘‘कांग्रेसलाई आम जनताको पार्टी बनाउने एजेन्डा लिएर नै मैले मत पाएर कार्यकारी पदमा पुगेको हुँदा पार्टीको सदस्यताको घेरालाई फराकिलो पार्दै पार्टी सञ्चालन गर्ने पक्षमा रहेको छु।’’

उनले निर्वाचनलाई मर्यादित बनाउन र अनावश्यक खर्च नियन्त्रण गर्न राज्यले नै रकम उपलब्ध गराएर खर्च प्रणालीमा सुधार ल्याउनुपर्ने बताए।

उनले अहिलेको राजनीतिमा परिवर्तन गर्नका लागि युवाको हातमा देशको नेतृत्व जान आवश्यक भएकाले हरेक परिवर्तन तथा राष्ट्र निर्माणमा युवाहरूको सहभागिता हुनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved