पेशावर मस्जिदमा आत्मघाती विस्फोट, कम्तिमा ५८ जनाको निधन

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रबार शिया उपासकहरूलाई लक्षित गरी भएको आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ।

नेपालभ्युज

पेशावर मस्जिदमा आत्मघाती विस्फोट, कम्तिमा ५८ जनाको निधन

एजेन्सी। पाकिस्तानको पेशावर शहरस्थित एक शिया मस्जिदमा भएको विस्फोटमा ५८ जनाको मृत्यु भएको छ। शुक्रबार भएको विस्फोटमा कम्तिमा ५८ जनाको निधन भएको रोयटर्सले लेखेको छ।

विस्फोटमा १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले शुरुमा दुई जना आक्रमणकारी संलग्न रहेको बताएका थिए।

यद्यपि, पछि सार्वजनिक गरिएको सीसीटीभी फुटेजले कालो शलवार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखिएको छ।

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले शुक्रबार शिया उपासकहरूलाई लक्षित गरी भएको आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ। उक्त आक्रमण स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको बताइएको छ।

पेशावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने र साम्प्रदायिक संगठनहरूको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

‘प्रार्थनागृहहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ,’ उनले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved