‘सभामुखलाई जेल पठाउनेसम्मको योजना भत्काउन सफल भइयो’

उनले एमसीसीबारे पार्टीको अडान फेरिएको नभई १२ बूँदे व्याख्यात्मक घोषणा गरेर अडानमै रहेर आवश्यकताअनुसार सही निर्णय गरेको दाबी गरे।

नेपालभ्युज

‘सभामुखलाई जेल पठाउनेसम्मको योजना भत्काउन सफल भइयो’
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वएमालेका १४ सांसद्को पद जोगाउन र सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर जेल पठाउने तयारी भत्काउन आफूहरू सफल भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग एमसीसी संसद्बाट अनुमोदन गरेर मुलुकलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताए।

उनले एमसीसीबारे पार्टीको अडान फेरिएको नभई १२ बूँदे व्याख्यात्मक घोषणा गरेर अडानमै रहेर आवश्यकताअनुसार सही निर्णय गरेको दाबी गरे। बैठकमा प्रचण्डले एमसीसी पास भएसँगै पाँच दलीय सत्ता गठबन्धन जोगाएर आगामी स्थानीय निकायको चुनावमा मिलेर जाने वातावरण बनेकाले चुनावी गठबन्धन गर्ने बताएको एक नेताले बताए।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्रै चर्को आलोचना व्यहोरेका प्रचण्डले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएका थिए। बैठकमा एमसीसीबारे आफूले गरेको निर्णयको बचावट गर्दै उनले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएरै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरिछाड्ने योजना बनाएकाले व्याख्यात्मक घोषणामा सहमति गरिएको बताए।

एमसीसी पास भएर गठबन्धन जोगिएकाले पार्टीभित्रै एमसीसीको विरोधमा उत्रिएका नारायणकाजी श्रेष्ठ पक्षधरका नेताहरूलाई उनले पार्टीको निर्णय सही भएको प्रष्टिकरण दिएका थिए। ‘‘पार्टीभित्र केही असन्तुष्टी देखिएका छन्, नारायणकाजीजीहरूले एक थरी कुरा राख्नुभएको छ। देव गुरूङ, कृष्णबहादुर महरा, लिलामणी पोखरेलहरूको अर्कोथरी धारणा छन्, अब सबै एक भएर जानुपर्छ,” उनले भनेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved