अब विगतको त्रुटि दोहोर्‍याउँदिनँः कमल थापा

नेपालभ्युज

अब विगतको त्रुटि दोहोर्‍याउँदिनँः कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अडाडि बढाउने बताएका छन्।

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तनपश्चात् मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ती अगाडि बढाइएकोले संकटको दलदलमा भासिएको बताए।

मुलुकको शिक्षा क्षेत्र गरीब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रपा विद्यार्थी संघ नेपालका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा भएको विकृति विसंगतिको अन्त्यका लागि सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा राप्रपा नेपालका नेताहरू राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरू कमल बम , शशि भण्डारी, दिपेश शाह,राजु गैरे, त्रिविक्रम सिंहलगायतले बोलेका थिए।

सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ।

कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल, दीपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव तेज कार्की र समीर थापा, सचिव सरोज तिमल्सिना ,अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे ,आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत,सम्पदा अधिकारी र सन्दीप खड्का छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved