हेटौँडाको एक भुस गोदाममा आगलागी

नेपालभ्युज

हेटौँडाको एक भुस गोदाममा आगलागी
सांकेतिक तस्वीर

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको एक भुस गोदाममा आगलागी भएको छ। विकास टोलका टिकाप्रसाद कँडेलको भुसको गोदाममा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ।

गयराती ११ बजेबाट शुरु भएको आगो नियन्त्रणमा लिइएको छ। आगलागी नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म र सशस्त्र प्रहरी बलबाट करिब ५० जना परिचालित भएका थिए।

मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार हेटौँडा उपमहानगरसहित जितपुर सिमरा उपमहानगर, खैरेनी नगरपालिकाका एकएक र नेपाल आयल निगमका २ गरी ५ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो। कुनै मानवीय क्षति पनि नभएको जनाइएको छ । तर, गोदाम जलेर नष्ट भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved