नेताहरू आनन्दले सुतून् भनेर बनाइएको थाङ्नो हो एमसीसीः झलनाथ खनाल

नेपालभ्युज

नेताहरू आनन्दले सुतून् भनेर बनाइएको थाङ्नो हो एमसीसीः झलनाथ खनाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीमा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नो भएको टिप्पणी गरेका छन्।

बिहीबार विराटनगर विमानस्थलमा पूर्वप्रधानमन्त्री खनालले पत्रकारसँगको कुराकानीमा व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए।

उनले भने, “नेपालका नेताहरू आनन्दपूर्वक सुतून् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरू सुत्नुभएको छ।”

विधि प्रक्रियाविपरीत एमसीसी पास भएको गुनासो गरेका नेता खनालले प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताए। एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved