मकवानपुरमा पछिल्लो २४ घण्टामा संक्रमण शून्य

नेपालभ्युज

मकवानपुरमा पछिल्लो २४ घण्टामा संक्रमण शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा कोराना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या शून्य छ। अहिले जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या जम्मा ३० जना मात्रै रहेको छ।

जिल्ला स्वास्थ्य मकवानपुरको अनुसार पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या घट्दो दरमा रहेको छ। ३० जना सक्रिय संक्रमितमध्ये हाल सबैजना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

मकवानपुरमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१ जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म तीन लाख तीन हजार १९३ जनाले कोरोना भाइरसविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने दुई लाख २९ हजार ८७१ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved