कोरोना अपडेट : थपिए ३१८ जना संक्रमित, एकको निधन

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या नौ हजार ६७८ रहेको छ।

नेपालभ्युज

कोरोना अपडेट : थपिए ३१८ जना संक्रमित, एकको निधन

काठमाडौं। पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५०८ पीसीआर परीक्षणमा १५१ जना र दुई हजार २३५ एन्टिजेन परीक्षणमा १६७ जना गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

त्यस्तै, ५६२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या नौ हजार ६७८ रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved