युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध

त्यसअघि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रूसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन्।

नेपालभ्युज

युक्रेनले तोड्यो रूससँगको कूटनीतिक सम्बन्ध

काठमाडौं। आफ्नो देशमा सैन्य आक्रमण शुरु भएपछि युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेको छ। चरम बिन्दुमा रहेको रूस–युक्रेन विवादका बीच युक्रेनले सम्बन्ध तोडेको हो।

बिहीबार बिहानैदेखि रूसी सेनाले युक्रेनका विभिन्न स्थानमा सैन्य आक्रमण गरेपछि तनाव चरम बिन्दुमा पुगेको हो। रूसी सेनाले क्षेप्यास्त्रसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसअघि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रूसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन्।

त्यहाँको गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।

कीभमा बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको बताइएको छ। नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।

युक्रेनी सेनाले देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचओटा रूसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ।

‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ मा संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँच ओटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved