रूस-युक्रेन विवादमा बोल्यो नेपाल

नेपालले अहिले रूस-युक्रेनबीच देखिएको विवादलाई कुटनीति र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ।

नेपालभ्युज

रूस-युक्रेन विवादमा बोल्यो नेपाल

काठमाडौं। रूस-युक्रेन तनावबारे नेपालले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपालले उक्त विषयमा सम्बन्धित सबै पक्षलाई तनाव नबढाउने पक्षमा पहल गर्न आग्रह गरेको छ। नेपालले रूस-युक्रेन विवादलाई नजिबाट नियालेको पनि जनाएको छ।

संयुक्त राष्ट्रसंघको सदस्य भएका नाताले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्ने ठानेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

नेपालले अहिले रूस-युक्रेनबीच देखिएको विवादलाई कुटनीति र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएको छ। सार्वभौम राष्ट्रको विरुद्धमा हुने कुनै पनि सैन्य क्रियाकलाम मान्य नहुने पनि नेपालले प्रष्ट पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved