एमसीसीका कारण १० जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपालभ्युज

एमसीसीका कारण १० जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअघि जिल्ला अधिवेशन गर्न नसकेका १६ जिल्लामध्ये १० जिल्लाहरूमा फेरि निर्वाचन सरेको छ। सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाममा १५ फागुनका लागि तय भएको जिल्ला अधिवेशन २० फागुनमा गर्ने निर्णय कांग्रेसको आज बसेको केन्द्रीय बैठकले गरेको छ।

प्रतिनिधिसभा सदस्यहरू जिल्ला जान नपाउने भएकाले निर्वाचन सार्नुपरेको कांग्रेसले जनाएको छ। भोलि संसदमा एमसीसीबारे छलफल हुने भएकाले कांग्रेसले आफ्ना सबै सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन ह्वीप जारी गरेको छ।

महोत्तरी, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर र कैलालीमा भने १५ फागुनमै निर्वाचन हुनेछ। यी जिल्लामा कांग्रेसका प्रतिनिधिसभा सदस्य छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved