एनसेलका ग्राहकले अब डेटा चलाउँदा क्यासब्याक पाउने

नेपालभ्युज

एनसेलका ग्राहकले अब डेटा चलाउँदा क्यासब्याक पाउने

काठमाडौं। एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यासब्याक पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याकअन्तर्गत तीन विभिन्न प्याकहरूमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्मको क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ।

गजब्बको डेली जीबी प्याकअन्तर्गत क्यासब्याक योजना ९ फागुनदेखि लागु भएको छ। यस आकर्षक योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरीदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन्।

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले करसहित एक सय ६९ रुपैयाँमा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ। यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यासब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन्। त्यसैगरी ग्राहकले करसहित दुई सय ६९ रुपैयाँमा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरीद गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन्।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित मात्र पाँच सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन्। यो प्याक सुचारु गर्ने ग्राहकले ६० रुपैयाँ बोनस क्यास ब्याक पाउँछन्।

यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन्। ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved