महेन्द्रनगरमा ‘डिलर दाइ’हरूलाई डिशहोमको सम्मान

महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

नेपालभ्युज

महेन्द्रनगरमा ‘डिलर दाइ’हरूलाई डिशहोमको सम्मान

काठमाडौं। डिश होमले महेन्द्रनगरमा रहेका डिलरदाइहरूलाई सम्मान गरेको छ।

डिश होम, डिश होम फाइबरनेटको माघ महीनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने महेन्द्रनगरका केपी इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र मौभेरा मनि ट्रान्सफरलाई उपहार र प्रमाणपत्र प्रदान गरेको छ।

महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।

बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशापत्रसहित सम्मान गरेका हुन्।

कार्यक्रममा कैलाली र कञ्चनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डिश होम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ।

कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved