कांग्रेस बागमती प्रदेश समितिको दोस्रो बैठकले गर्‍यो सात निर्णय

नेपालभ्युज

कांग्रेस बागमती प्रदेश समितिको दोस्रो बैठकले गर्‍यो सात निर्णय

सिन्धुपाल्चोक । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको दोस्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती सकिएको छ।

कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ।

त्यस्तै, आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो स्थानीय तह निर्वाचनमा भएको मतसंख्यासहितको डाटा संकलन गरी, आगामी दिनमा खेल्नपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय भएको छ।

बैठकले अहिलेको जल्दोबल्दो विषय एमसLसीको सम्बन्धमा केन्द्रले उठाएका विषयवस्तु समावेश गरी आमजनतालाई सरल र स्पष्ट भाषामा  बुझाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए।

त्यस्तै, बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, विभिन्न समिति र विभागका सदस्यहरुको मासिक लेबी तोकेको छ। त्यस्तै, कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए।

बैठकले प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्न र प्रदेश  सदस्यहरुको मर्यादाक्रम मिलाउने कामका लागि संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरुमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरेलाई जिम्मेवारी तोकेको छ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्ष तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरु, जिल्ला सभापतिहरुले एमसिसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा प्रदेशले गर्नुपर्ने कार्यको बारेमा आफ्नो धारणा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved