चारा घोटालामा लालु यादव पाँच वर्ष जेलमा, ६० लाख जरिवाना

नेपालभ्युज

चारा घोटालामा लालु यादव पाँच वर्ष जेलमा, ६० लाख जरिवाना

एजेन्सी । भारतको राष्ट्रिय जनता दलका सुप्रिमो लालु प्रसाद यादवलाई चारा घोटाला प्रकरणमा पाँच वर्षको जेल सजाय सुनाइएको छ । डोरन्डा कोषागारबाट १ सय ३९ दशमलव ३५ करोडको अवैध निकासी मामिलामा सिबिआई कोर्ट राँचीका विशेष न्यायाधिस एसके शशीले सोमबार ५ वर्ष जेल र ६० लाख जरिवानाका सजाय सुनाएका हुन्।

यस मामिलामा दोषी पाइएका अन्य ३७ जनालाई सजाय सुनाउने क्रम जारी छ। लालुसहितका ३८ जनालाई १५ फेब्रुअरीमा यस घटनामा दोषी पाइएको थियो। त्यसपछि लालुलाई जेल पठाइएको थियो। बिरामी भएपछि उनलाई उपचारका लागि जेल प्रशासनले रिम्स अस्पताल पठाइएको थियो।

अदालतमा लालु पक्षका वकिलले कमभन्दा कम सजायको आग्रह गर्दा सीबीआईले सबै दोषीहरूलाई अधिकतम सजाय दिनुपर्ने माग गरेको थियो। फैसला आउनुअघि राजदका नेता तथा कार्यकर्ता अदालतबाहिर बसेका थिए। पनेता अब्दूल बारी सिद्धिकी, पूर्वमन्त्री श्याम रजक पनि त्यहाँ थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved