काठमाडौंमा डिशहोमका चार शोरुम उद्घाटन

नेपालभ्युज

काठमाडौंमा डिशहोमका चार शोरुम उद्घाटन

काठमाडौं। नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंमा एकैदिनमा चारओटा शोरुम उद्घाटन गरेको छ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टीभी हाउस र नक्सालमा रहेको बी ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमकाबीच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रवन्धक रमेश सापकोटाले गरेका हुन्।

एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्बु टीभी हाउसको सञ्चालन प्रभात भट्टराई र बी ईन्टरप्राइजेजको संचालन आकाश मानन्धरले गर्ने कम्पनीले जनाएको छ।

विगत लामो समयदेखी डिशहोमसँग सहकार्य गर्दै आएका ‘डिशहोम डिलरदाइ’हरूले अब छुट्टै शोरुममार्फत डिशहोम र डिशहोम फाइबरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्फर, सेटअप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेशनलगायत बिक्रीपछिको सम्पूर्ण सेवाहरू नयाँ शोरुम मार्फत प्रदान गर्ने जानकारी शोरुम संचालकहरूले दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved