एमसीसीबारे ट्वीट गर्दै अमेरिकी राजदूतले भने, ‘‘हिंसा कहिल्यै स्वीकार्य हुन्‍न’’

नेपालभ्युज

एमसीसीबारे ट्वीट गर्दै अमेरिकी राजदूतले भने, ‘‘हिंसा कहिल्यै स्वीकार्य हुन्‍न’’

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्या‍न्डी बेरीले एमसीसीसहितका विषयमा तथ्यमा टेकेर दिइने स्वतन्त्र अभिव्यक्ती र सार्वजनिक बहसमा बलियो समर्थन रहने बताएका छन्। तर हिंसा र हिंसाको प्रश्रय कहिल्यै स्विकार्य नहुने उनले उल्लेख गरेका छन्।

बेरीले ट्वीटमार्फत यस्तो धारणा राखेका हुन्। ‘‘एमसीसीसहितका विषयमा तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ती र सार्वजनिक बहसको हामी बलियो समर्थक हौं। प्रजातनत्रमा कसैको विचार अभिव्यक्त गर्ने अधिकार महत्वपूर्ण छ। र, मानिसहरूलाई शान्तिपूर्ण रुपमा आफ्नो धारणा साझा गर्ने अधिकार दिइनै पर्छ। हिंसा र हिंसाको प्रश्रय कहिल्यै स्विकार्य हुन्न,’’ उनले ट्वीटरमा लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved