एमसीसीबारे हल्लाको पछि नलागी ‘फ्याक्ट चेक’ गर्न अमेरिकी दूतावासको सुझाव

अमेरिकी दूतावासले ‘तपाईं कुनै खबर, समाचार, या दाबी विश्वसनीय छ कि छैन भनेर कसरी पहिचान गर्नुहुन्छ?’ भन्दै सर्वेक्षण समेत गर्दै आएको छ। त्यसमा प्राप्त भएका प्रतिक्रियाका आधारमा उसले ‘फ्याक्ट चेक’ गर्ने तरिका सुझाउँदै आएको छ।

नेपालभ्युज

एमसीसीबारे हल्लाको पछि नलागी ‘फ्याक्ट चेक’ गर्न अमेरिकी दूतावासको सुझाव

काठमाडौं। एमसीसी सम्झौताबारे जनमानसमा भ्रम फैलिएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले दुष्प्रचारबाट सजग रहने सूचना सम्प्रेषणलाई तीव्रता दिएको छ। सामाजिक संञ्जलमा फैलाइएको भ्रम र वास्तविकता नबुझी त्यही भ्रमित सूचना शेयर हुने क्रम बढेपछि अमेरिकी दूतावासले फ्याक्टचेक गर्न सचेत गराएको छ।

सामाजिक सञ्जालमा फैलिने भ्रमित सूचना र त्यसलाई कसरी चिन्ने भन्ने विषयमा केही दिनअघि मात्रै अनलाइन छलफल चलाएको दूतावासले यस्ता सूचनाबाट बच्न सचेत गराउने सामग्री पोस्टलाई तीव्रता दिएको हो।

साथै दूतावासले ‘तपाईं कुनै खबर, समाचार, या दाबी विश्वसनीय छ कि छैन भनेर कसरी पहिचान गर्नुहुन्छ?’ भन्दै सर्वेक्षणसमेत गर्दै आएको छ। त्यसमा प्राप्त भएका प्रतिक्रियाका आधारमा उसले ‘फ्याक्ट चेक’ गर्ने तरिका सुझाउँदै आएको छ।

संसदबाट एमसीसी अघि बढाउने चर्चा चलिरहँदा सामाजिक सञ्जालमा यसबारे अनेकन् टिप्पणीहरू भइरहेका छन्। कतिपयले यसको विरोध गरेका छन्। कतिपयले यसको स्वागत गरेका छन्। कतिपयले आन्दोलन समेत गर्दै आएका छन्।

कतिपयले नेपालजस्तो देश जहाँ राजस्वले देशको चालू खर्च धान्न धौधौ परिराखेको मुलुकका लागि झन्डै ६० अर्ब रुपैयाँको अनुदान उल्लेख्य भन्दै स्वागत गरेका छन्। तर कतिपयले एमसीसीको सम्झौतामा हुँदै नभएका प्रावधान छ भन्दै भ्रम फैलाउन छाडेका छैनन्।

एमसीसी सम्झौता पारित भएमा अमेरिकी सेना नेपाल आउने, आम नागरिकलाई दुःख दिने, नेपालको प्राकृतिक स्रोत साधनको दोहन गरेर लैजानेलगायत भ्रम फैलाइएको दूताबासले उल्लेख गरेको छ। जसले गर्दा आमनागरिकमै संशय पैदा भएको र अधिकांशले बुझ्दै नबुझी नकारात्मक टिप्पणी गरेको भन्दै सर्वसाधारणलाई सचेत गराउन फेसबुक पोस्ट राखिएको दूतावासले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved