सत्ता गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवासहित कांग्रेसका चार नेता छलफलमा

नेपालभ्युज

सत्ता गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवासहित कांग्रेसका चार नेता छलफलमा
फाइल तस्वीर

काठमाडौं । सत्ता गठबन्धन बैठकअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका केही नेताहरूसँग भेटघाट गरेका छन्।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग बालुवाटार छलफल गरेका हुन्। एमसीसी पास गराउन प्रधानमन्त्री देउवामाथि दबाब बढ्दै जान थालेपछि उनले आफ्ना पार्टीका नेताहरूसँग छलफल गरेका हुन्।

त्यस्तै आज बिहान कांग्रेस नेता मीनेन्द्र रिलालले पनि नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए। उनले आजै बिहान ९ बजे बालकोट गएर ओलीलाई भेटेका थिए।

आजै साँझ सत्तामा रहेका दलहरूबीच बैठक हुँदै छ। बैठकमा पेचिलो बनेको एमसीसीका विषयमा छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved