‘हामी नरहे पनि क्रिकेट अभियान रहिरहोस् भन्ने माहोल सिर्जना गर्ने प्रयासमा छौं’ (अन्तर्वार्ता)

‘हामी नरहे पनि क्रिकेट अभियान रहिरहोस् भन्ने माहोल सिर्जना गर्ने प्रयासमा छौं’ (अन्तर्वार्ता)

धनगढी । २ फागुनदेखि धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल)-६ शुरु भएको छ। १४ फागुनसम्म हुने प्रतियोगिता धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा भइरहेको छ।

अण्डर १९ टी-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा १० विद्यालयका टिम सहभागी छन्। काठमाडौं, कञ्चनपुर र कैलालीका प्रतियोगितामा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कूल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कूल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया, आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कूल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कूल लम्की, स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कूल धनगढी, विद्या भूषण पब्लिक स्कूल धनगढी र सत्यवती एकेडेमी अत्तरिया सहभागी रहेका छन्।

प्रतियोगितामा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छ। यही विषयमा आयोजक लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसका प्रमुख कार्याकारी निर्देशक रामचन्द्र शाहीसँग नेपालभ्यूजकर्मी तेज बोहराले गरेको कुराकानीको केही अंश:-

पछिल्लो दुई वर्षयता कोभिड-१९ को प्रकोप उच्च छ। यस्तो बेला प्रतियोगिता कसरी सञ्चालन गर्न सम्भव भयो ?

प्रतियोगिता सञ्चालनका दौरान स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायको हामीले अवलम्बन गरिरहेका छौं। त्यसका लागि जिल्ला प्रशासन कार्यालय कैलालीसँग पनि समन्वय गरेका छौं। यतिबेला कोभिडले सम्पूर्ण विश्व नै प्रभावित छ।

तर पनि कुनै पनि समाज, कनै पनि देश, वा जुनसुकै परिवेशलाई प्रतिनिधित्व गर्ने भनेको खेल क्षेत्र हो। जबसम्म खेल क्षेत्र बलियो हुँदैन। तबसम्म कुनै पनि देश समुदाय, सम्प्रदाय र देशको संस्कृतिको पहिचान गर्न गाह्रो हुन्छ। त्यसैले गर्दा पनि कोभिडले पारेको अफ्ठ्यारोका बाबजुद पनि हामी खेल छाड्न सक्दैनौं। अहिले खेललाई यतिकै छोडेमा भोलिको सम्भावना बोकेका खेलाडी हराउन सक्छन्। त्यसैले पनि हामीले यसलाई सञ्चालन गर्नुपर्छ भनेर प्रयास गरेका हौं।

कोरोनाकै कारण सबै आर्थिक गतिविधि बन्द छन्। प्रतियोगिता सञ्चालनका लागि आर्थिक पाटोको कसरी व्यवस्थापन हुन्छ ?

आर्थिक रूपमा सोचेजस्तो हामीले छैन। तर पनि हामीले जस्ले जति सहयोग गर्नुभएको छ। उहाँहरूले गरेको सबै सहयोग सहयोगी संस्था तथा व्यक्तिको नामसहित हाम्रो फेसबुक पेज (लिटलफ्लावर प्रिमियर लिग) मार्फत सामाजिक सञ्जालमा राखेका छौं।

त्योसँगै हामी आयोजक संस्थाले पनि केही योगदान गर्नुपर्छ। सजिलो हुँदा मात्रै गर्न थाल्यौं, तर अफ्ठ्यारोमा पन्छियौं भने भने हाम्रा बाचा व्यवहारमा उत्रिँदैन। त्यसैले अफ्ठ्यारो समयमा पनि प्रयास गर्दा सहज परिस्थितिमा राम्रो होला भन्ने अपेक्षासहित प्रतियोगिता शुरु गरेका हौं।

एलपीएल-६ मा विगतभन्दा के फरक छ ?

यस वर्ष हामीले प्रतियोगिता सञ्चालनका लागि खेल मैदानमा धेरै नै मेहनत गरेका छौं। यत्तिको मेहनत हामीले अहिलेसम्म कुनै पनि सिजनमा गरेका थिएनौं। तीन-चार पटक मैदानको घाँस काटेका छौं। खेलाडीलाई चोट नलागोस् भनेर मैदानको आउट पुटलाई धेरै सम्याउने काम गरेका छौं। त्योसँगै खेललाई प्रविधिमैत्री बनाउन प्राविधिक टिम काठमाडौंबाट आउँदैछन्।

त्यसका साथै गत वर्ष खेल सञ्चालन गर्दा हामीले गरेका कमजोरीबाट पाठ सिक्दै तिनलाई सुधार गर्ने प्रयास गरेका छौं।

एलपीएलको निरन्तरताका लागि केही योजना छन् कि ?

हामी छैटौं सिजनमा आइपुगेका छौं। यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने भन्ने हाम्रो सपना छ। हाम्र अभियान पनि छ। जसरी पोखरामा आहारारा गोल्ड कप २० औं संस्करणसम्म पुगेको छ। हामी रहे पनि नरहे पनि यो उम्मेर समूहको क्रिकेटको अभियान रहिरहोस् भन्ने माहोल सिर्जना गर्नका लागि हामी प्रयत्नरत छौं। र त्यसैको फलस्वरूप आज यो प्रतियोगिता छैटो संस्करणसम्म पुगेको छ। हामी आगामी वर्षहरूमा पनि यो प्रतियोगितालाई निरन्तरता दिनेगरी अगाडी बढ्छौं।

हामी किन यु-१९ क्रिकेटलाई जोड दिइरहेका छौं ?

उम्मेर समूह जब सम्म बलियो हुँदैन। तब सम्म सिनियर क्रिकेटको विकास गर्न सकिदैन। सधैभरी २०-२० वर्ष उम्मेरभन्दा माथिका खेलाडीले खेलेर हुँदैन। भोलिको नेपालको सम्भावना बोकेका खेलाडीहरू भनेकै अहिलेका उम्मेर समूहका खेलाडी हुन्। अहिले हामीले नेपाली राष्ट्रिय क्रिकेट टिम हेर्ने हो भने पनि धेरै खेलाडी युवा छन्। हिजोको यु-१९ समूहबाट प्रतिनीधित्व गरेका खेलाडी बनेका छन्। तसर्थ जुनसुकै देशको खेल क्षेत्रलाई विकास गर्न पनि उम्मेर समूहबाट सुधार गर्नुपर्छ।

हामीलाई पनि विस्तारै के महशुस भइरहेको छ भने, अब उम्मेर समूहसँगै त्यसको दायर फराकिलो पारिनुपर्छ। सातौं संस्करणलाई अझ बृहत् बनाउने सोचमा हामी छौं।

अहिलेसम्म एलपीएल खेलेर चिनिएका खेलाडी छन् कि छैनन् ?

एलपीएल खेलेर धेरे खेलाडीले आफूलाई चिनाउन सफल भएका छन्। तर हामी त्यसको जस लिएर मिडियाबाजी गर्ने पक्षमा छैनौं। किनकि खेलाडी चिनिनुमा उनीहरूको मेहनत पनि उत्तिकै छ। एलपीएल खेलेर आफ्नो करिअर बनाएका धेरै खेलाडीको नाम पटक-पटक मिडियामा पनि आइरहेको छ। तर त्यसको श्रेय हामी मात्रै लिन चाहँदैनौं। उनीहरूको मेहतन र समाजको लगानीले ती खेलाडी उठ्न सफल भएका छन्।

एलपीएलप्रति क्यानको भूमिका के छ ?

क्यानले एलपीएललाई मान्तयता दिएर सहयोग गरेको छ। तर पनि अझै हामीमाथि पूर्ण विश्वास गरेको जस्तो देखिँदैन। आगामी संस्करणमा हामीले ती विश्वास जित्ने अपेक्षा गरेका छौं। शुरुआती चरणभन्दा हालका चरणमा आउँदा हामीले धेरै विश्वास जित्न सफल भएका छौं। हामी पनि सिक्दै गइरहेका छौं।

प्रतियोगितामा पुरस्कार तथा ट्रफिको कस्तो व्यवस्था गरिएको छ ?

यो वर्ष प्रतियोगितामा प्रर्थम हुने टोलीले एक लाख ५० हाजर नगद र आकर्षक ट्रफी प्राप्त गर्नेछन्। यस वर्ष हामीले विद्यालय भन्दा पनि खेलाडीलाई बढी फोकस गरी पुरस्कार राशि छुट्याएका छौं। खेलाडीको खेल प्रति हौसला बढाउन हामीले त्यसता व्यवस्था गरेका हौं।

एलपीएल-६ मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्ने छ। यसका साथै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदीयमान खेलाडीले नगद १० हजार पुरस्कार पाउनेछन्। हरेक पटक प्लेयर अफ द म्याचमा उत्कृष्ट खेलाडीले नगद दुई हजार रूपैयाँ पाउनेछन्।

त्यसैगरी प्रत्यक खेलको गेम चेन्जरले नगद एक हजार र प्रत्येक खेलमा सबैभन्दा बढी छक्का हान्ने खेलाडीलाई नगद ५ सय पुरस्कार राशिको व्यवस्था गरिएको छ। त्योसँगै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved