काठमाडौं टीकाथलीमा डिशहोम फाइबरनेटको सह–वितरण शोरुम शुभारम्भ

नेपालभ्युज

काठमाडौं टीकाथलीमा डिशहोम फाइबरनेटको सह–वितरण शोरुम शुभारम्भ

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा शोरूमको उद्घाटन भयो।

फागुन ४ देखि डिशहोम फाइबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको यस सोरुमको सञ्चालन टेककेयर टेक्नोलोजीले गर्ने छ। टेककेयर टेक्नोलोजीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको छ।

टेककेयर टेक्नोलोजीले२ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको छ। अझ बढी ग्राहकहरुमाझ पुग्न यस नयाँ सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजीका सञ्चालक दीपक थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved