नेपाल लाइफले ल्यायो थोरै लगानीमा धेरै जोखिम बहन गर्ने योजना

नेपालभ्युज

नेपाल लाइफले ल्यायो थोरै लगानीमा धेरै जोखिम बहन गर्ने योजना

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैमा जीवन बीमाको पहुँच पुर्‍याउने उद्देश्यका नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ। आफू रहेपछि र त्यसपछि पनि परिवारमा संकट नपरोस् र लगानीको सुनिश्चितता होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले बताएको छ।

कम्पनीले यो योजनामा न्यून लगानीमा अधिक जोखिम बहन हुने दाबी गरेको छ। नेपाल लाइफकाअनुसार यस योजनाका निम्न विशेषताहरू रहेका छन् :

नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो। १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन्। न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ। आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ। न्यूनतम बीमांक रकम एक लाखदेखि अधिकतम बीमांक रकम  एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिने छ।

उदाहरण :
३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक रु.५,२०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ। त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक रु. ५८,३१० रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ। ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा रु. ७,३२,१०५ बीमा शुल्क मात्र लाग्ने छ।

यस योजनामा समावेश भएका सुविधाहरू :
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ। जसअनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १% छुट, अर्धवार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ। त्यसैगरी बीमांकको आधारमा समेत छुटको व्यवस्था गरिएको छ। रु. २५,००,००० सम्मको बीमांकमा छुटको व्यवस्था छैन भने रु. २५,००,००० भन्दा माथि बीमांकको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ।

समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ।

तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन।
दुर्घटना मृत्यु लाभ सुविधा (एडीबी) : ऐच्छिक
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम रू एक करोडसम्मको दुर्घटना मृत्यु लाभ  ऐच्छिक सुविधा लिन सक्नेछन्।

बीमांक रकम भुक्तानी पाउने अवस्था :
पूर्ण अवधि भुक्तानि
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ।

मृत्यु दावि भुक्तानि 
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा  लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved