एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छः अर्थमन्त्री शर्मा (भिडिओ)

नेपालभ्युज

एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छः अर्थमन्त्री शर्मा (भिडिओ)

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्।

बिहीवार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयास गरिरहेको उनले उल्लेख गरे। उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved