जिल्लालाई चुनावमय बनाउने कास्की पाँचदलीय गठबन्धनको निर्णय

नेपालभ्युज

जिल्लालाई चुनावमय बनाउने कास्की पाँचदलीय गठबन्धनको निर्णय

पोखरा। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै नेपाली कांग्रेस कास्की नेतृत्वको सत्ता साझेदार पाँच दलका नेताहरूको बैठक मंगलबार पोखरामा बसेको छ।

कास्की कांग्रेस सचिव भानुभक्त ढकालका अनुसार बैठकले स्थानीय तहका गतिविधिको अनुगमन गर्दै सुशासन स्थापनका लागि पहल गर्ने र कास्कीमा गठबन्धनलाई मजबुद बनाउँदै चुनावमय बनाउने निर्णयसमेत बैठकले गरेको छ।

कास्की कांग्रेस सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र कास्की अध्यक्ष बखानसिंह गुरुङ, एकीकृत (नेकपा समाजवादी) कास्की अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी कास्की अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी भए।

बैठक कांग्रेस पार्टी कार्यालय महेन्द्रपुलमा बसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved