देउवा र प्रचण्डलाई कारबाही गर्न माग

नेपालभ्युज

देउवा र प्रचण्डलाई कारबाही गर्न माग
फाइल तस्वीर

 काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्न माग गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए। ‘कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने नमून हो,यो,’ उनले भने।

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्ने तथा एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्ने विषय उल्लेख छन्।

रावलले यसबारे पनि आपत्ति जनाए । , ‘कुनै देशसँगको सम्झौता, अनुमोदनका लागि विचाराधीन रहेकै अवस्थामा हामीले यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई हुन्छ रु यसमा छानबिन हुनुपर्छ र कारबाही हुनुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved