लोलङ हाइटमा डिश होम फाइवरनेटको सह-वितरण शोरुम

२३ माघदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको उक्त शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ।

नेपालभ्युज

लोलङ हाइटमा डिश होम फाइवरनेटको सह-वितरण शोरुम

काठमाडौं। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ।

२३ माघदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको उक्त शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ।

डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा शोरुम उद्घाटन भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिश होमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिश होम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ।

एक हजारभन्दा धेरै ग्राहकलाई डिश होम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको ट्रेडर्सले अब अझ बढी ग्राहकहरुसम्म पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved