लताको सम्मानमा कालोपट्टी बाँधेर क्रिकेट खेले भारतीय टिमले

नेपालभ्युज

लताको सम्मानमा कालोपट्टी बाँधेर क्रिकेट खेले भारतीय टिमले

काठमाडौं। गायिका लता मंगेशकरको निधनप्रति भारतीय राष्ट्रिय क्रिकेट टिमले पनि शोक व्यक्त गरेको छ।

उनको सम्मानमा वेष्ट इण्डिजसँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतीय क्रिकेट टिमका खेलाडीहरूले कालोपट्टी बाँधेर खेलेका छन्। गत एक महिनादेखि कोभिड र निमोनियाका कारण उपचारार्थ लताको ९२ वर्षको उमेरमा उमेरमा आज निधन भएको हो।

वेष्ट इण्डिजसँगको तीन एकदिवसीय क्रिकेट म्याचको श्रींखलाको पहिलो खेल हाल भारतको अहमदावादमा चलिरहेको छ। भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टिमसँग तीन एकदिवसीय र तीन टी-ट्वान्टी म्याँच खेल्ने तालिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved