लीलामणि पोखरेललाई तीन प्रश्नः

माओवादीले एमसीसी पास गर्न सक्दैन, अध्यक्षको पत्रबारे अध्ययनपछि टिप्पणी गर्छु : लीलामणि पोखरेल

नेपालभ्युज

माओवादीले एमसीसी पास गर्न सक्दैन, अध्यक्षको पत्रबारे अध्ययनपछि टिप्पणी गर्छु : लीलामणि पोखरेल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएको छ। उक्त संयुक्त पत्रमा एमसीसी संसद्बाट अनुमोदन गराउने र त्यसका लागि पाँच महिनाको समय माग गरिएको छ।

पत्र सार्वजनिक भएलगत्तै नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ। आजै अपराह्न ४ बजे प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्दै छन्। भेटमा देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई पनि बोलाएका छन्।

यो सरकार गठन भएपछि ओलीको पहिलो बालुवाटार प्रवेश हो। यसअघि एकपटक ओलीनिवास, बालकोट गएर देउवाले छलफल गरेका थिए।

पत्र सार्वजनिक गरेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाप्रति असन्तोष व्यक्त गरेका छन्। माओवादीवृत्तमा प्रचण्डप्रतिको अविश्वास अरु बढेको छ। यसै विषयमा माओवादीकेन्द्रका सचिवालय सदस्य लीलामणि पोखरेलसँग पछिल्लो राजनीतिक घटनाबारे नेपालभ्यूजले तीनवटा प्रश्न गरेको थियो।

उनको जवाफ जस्ताको तस्तैः

अब माओवादीले एमसीसी पास गर्ने निर्णय गर्न सक्छ त ?

सक्दैन।

अध्यक्षले पास गर्ने प्रतिबद्धतासहित पत्र पठाइसक्नुभएको रहेछ त, अब पनि केही बाँकी छ ?

त्यो पत्रको अध्ययन गरेपछि मात्र टिप्पणी गर्नुपर्ला। माओवादीको आधिकारिक धारणा राष्ट्रिय हितअनुकूल नभएका प्रावधान हटाएर, संशोधन गरेर मात्र अगाडि बढाउन सकिन्छ भन्ने प्रतिबद्धता हो। पास गर्ने प्रतिबद्धता होइन।

सार्वजनिक रूपमा पार्टीको निर्णय त्यही हो। मेरो व्यक्तिगत त खारेज गर्नुपर्छ भन्ने हो।

कांग्रेससँग आगामी स्थानीय तह र संघीय निर्वाचनमा गठबन्धन गर्ने शर्तमा एमसीसी पारित गरेर जान सकिन्छ भन्ने पनि छ नि !

त्यस्तो होला भन्ने लाग्दैन। उनीहरुसँग गठबन्धन गरिदिने, अनि एमसीसी पास गरिदिने भन्ने हुन सक्दैन।

एमसीसी राष्ट्रिय सार्वभौमसँग जोडिएको विषय हो। निर्वाचन जित्न सकिन्छ, हार्न सकिन्छ ! त्यसमा केही छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved