व्यासले पारित गर्‍यो चार विधेयक

नगरसभाले आव २०७८/०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ।

नेपालभ्युज

व्यासले पारित गर्‍यो चार विधेयक

तनहुँ। व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगरसभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ।

स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक २०७८ पारित गरेको हो।

त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन) गरेको छ।

आव २०७८÷०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।

नगरसभाले आव २०७८/०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको संशोधित बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved