हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी भएका छन्। हिमपात र वर्षाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका हुन्।

नेपालभ्युज

हिमपात प्रभावः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बैतडी। लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो। यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ।

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। हिमपातका कारण यातायातसमेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो।

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या हुनसक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको हो।

हिमपातले चिसो बढेकाले जनजीवन कष्ठकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले बताए। उनले भने, “वर्षा र हिमपातले अत्यधिक चिसो बढाएको छ। बाहिर निस्कनै मुस्किल भएको छ।”

वर्षासँगै हिमपात भएपछि किसानहरु खुशी भएका छन्। हिमपात र वर्षाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका हुन्। यहाँ तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved