पोखरा आसपासका क्षेत्रमा तीन फिटसम्म हिमपात

नेपालभ्युज

पोखरा आसपासका क्षेत्रमा तीन फिटसम्म हिमपात

पोखरा। पोखरा आसपासका ठाउँमा बिहीबारदेखि भारी हिममपात भएको छ।

एक सातादेखि निकै चिसो बढेको गण्डकीमा बिहीबारसाँझ देखि हल्का वर्षा र केही ठाउँमा हिमपात समेत परेको छ। पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडामा, अन्नपूर्ण गाउँपालिकाको लुम्ले र अष्ट्रेलियन क्याम्पमा बाक्लो हिउँ परेको छ। स्थानीयका दिपेश गुरुङका अनुसार पञ्चासेमा करिब ३ फिट हिउँ परेको छ। भने अष्ट्रेलियन क्याम्पमा करिब १ फिट बाक्लो हिउँ जमेको छ।

कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाइक्याम्प, लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपात भएको छ। त्यसैगरी पर्यटकीय स्थलहरू घान्द्रुक, घोरेपानी र पुनहिललगायत स्थानमा समेत बाक्लो हिमापात भएको स्थानीयले जनाएका छन्।

पदमार्गमा पर्ने पुलहिल घोडेपानी उल्लेरीलगायत स्थानमा बाक्लो हिउँपात भएको छ। प्रदेशका मुस्ताङ, मानाङ, लमजुङ, गोरखा, बागलुङ र म्याग्दीलगायत जिल्लाहरूमा समेत भारी हिमपात भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved