सुदूरपहाडमा पाँचौं पटक हिमपात

नेपालभ्युज

सुदूरपहाडमा पाँचौं पटक हिमपात

धनगढी । सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात फेरि शुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपराह्नदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।

डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको बित्थडचमा भइरहेको छ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। योसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पाँचौ पटक हिमपात भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved