भ्रमपूर्ण समाचार प्रकाशन नगर्न काउन्सिलको ध्यानाकर्षण

काउन्सिलले डब्ल्यूएचओको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ समाचार प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण मागेको थियो।

नेपालभ्युज

भ्रमपूर्ण समाचार प्रकाशन नगर्न काउन्सिलको ध्यानाकर्षण

काठमाडौं। प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। केही सञ्चारमाध्यमहरूले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेकाले काउन्सिलले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न सञ्चारगृहको ध्यानाकर्षण गराएको हो।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरूले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए। उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए।

उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरूलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरूले गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको बताए।

१० माघमा प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले स्पष्ट पारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved