१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका १० महीनापछि पक्राउ

नेपालभ्युज

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका १० महीनापछि पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ बर्षिय मनिराम थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गरेर गर्भवतीसमेत बनाएको भन्दै उजुरी दर्ता भएपछि १६ माघमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले थारूलाई पक्राउ गरेको हो।

थारूलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्ला अदालतमा पेश गरेको थियो। थारूमाथि जबरजस्तीकरणीसम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved