७ मन्त्रालय फुटाएर १२ वटा बनाउने प्रदेश १ सरकारको निर्णय

नेपालभ्युज

७ मन्त्रालय फुटाएर १२ वटा बनाउने प्रदेश १ सरकारको निर्णय

काठमाडौं। प्रदेश नम्बर १ सरकारले हाल कायम रहेका मन्त्रालयहरू फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय सङ्ख्या बढ्ने भएको हो।

मन्त्रिपरिषद् कार्य विभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारले औपचारिक जानकारी भने दिएको छैन। मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णय मात्रै सार्वजनिक गरेका थिए।

मन्त्रिपरिषद् स्रोतकाअनुसार सरकारले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या थप गर्ने निर्णय गरेको छ। यो नियमावली संशोधनसँगै प्रदेशमा ५ वटा मन्त्रालय थप हुने भएका छन्। हाल मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालय रहेको प्रदेशमा अब मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय हुनेछन्।

थपिएका मन्त्रालय रहने स्थानको पनि टुङ्गो लागिसकेको स्रोतले जानकारी दिएको छ। सरकारले मन्त्रालय फुटाएर सङ्ख्या बढाउने तयारी गरेको भन्दै आलोचना हुँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved