काठमाडौं फर्केलगत्तै वर्षमानले भने, ‘महासचिवको स्वभाविक दाबेदार हुँ’

नेपालभ्युज

काठमाडौं फर्केलगत्तै वर्षमानले भने, ‘महासचिवको स्वभाविक दाबेदार हुँ’

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दाबेदारी रहने बताएका छन्। चीनमा उपचार गरी आज साँझ काठमाडौँ फर्किएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए।

‘‘विगतमा पनि सचिव भएर काम गरेको थिएँ। त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो,’’ उनले भने। पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएकाले आन्तरिक एकता र समझदारीमा हुने निर्णय आफुले स्विकार्ने बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  नेता पुनलाई नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरे। करिब चार महीनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी  पुन आज नेपाल फर्किएका हुन्।  पूर्वमन्त्री पुन आफ्नी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीलासहित चीनबाट हिमालयन एयरलाइन्सको जहाजमार्फत काठमाडौं फर्किएका हुन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्याबाट ग्रस्त पुनले चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए। नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved