डिश होमको ‘डिलर दाइ’ सम्मान कार्यक्रम, उत्कृष्ट सेवा प्रदायकलाई पुरस्कार

नेपालभ्युज

डिश होमको ‘डिलर दाइ’ सम्मान कार्यक्रम, उत्कृष्ट सेवा प्रदायकलाई पुरस्कार

काठमाडौं । डिश होमले आफ्ना ‘डिलर दाइ’हरूलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

गण्डकी अञ्चलमा डिश होम फाइबर नेट बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने पोखराका दीप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स , स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्र मान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई उपहारस्वरुप एक एक थान ल्यापटप, साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरूलाई प्रशंशापत्रसहित सम्मान गरिएको छ।

उक्त कार्यक्रममा गोर्खा ,लमजुङ, स्याङ्जा, तनहुँ र कास्की का डिस्ट्रिब्युटर, डिलर दाइहरू र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

डिशहोम फाइबर नेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरू ल्याएको छ, डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधा देखि ६०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved