कोरोना अपडेट: एकैदिन १० हजारभन्दा बढीमा संक्रमण

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने एक जना संक्रमतिको निधन पनि भएको छ।

नेपालभ्युज

कोरोना अपडेट: एकैदिन १० हजारभन्दा बढीमा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा १० हजार २५८ कोरोना संक्रमित थपिएका छन्। यससँगै, नेपालमा काेराेना संक्रमितको संख्या पछिल्लो पाँच दिनमै दाेब्बर भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभरबाट गरिएको २२ हजार ८२८ जनामा गरिएको नमूना परीक्षणमा १० हजार २५८ जना संक्रमित भेटिएका हुन्।

यसअघि, ३० पुसमा नेपालभर पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने एक जना संक्रमतिको निधन पनि भएको छ।

अहिले देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved