ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालभ्युज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्वीर

मलंगवा। सर्लाही गोडैता नगरपालिकामा उखु लोड गरिएको ट्याक्टरबाट लडेर सोही ट्याक्टरका चालकको ज्यान गएको छ।

उखु लोड गरिएको ना ७ त ५६८ नम्वरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय आसिर मंसुरको ज्यान गएको हो। दुर्घटनामा घाइते मंसुरको उपचारका लागि मलंगवा अस्पतालतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गडहीयाले जनाएको छ।

मृतक मंसुरको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी सोमबार परिवारले बुझेर लगेका प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved