शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाइ पर्वतको आग्रह

शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाइ पर्वतको आग्रह

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले आग्रह गरेको छ।

जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्डबिना नै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो। कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई १५ माघसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएका हुन्।

आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी २७ पुसदेखि १५ माघसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ।

बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्षभन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी ‘जेड’ आकारमा बसाइँ व्यवस्थापन गरी सञ्चालन गर्ने, ७ माघदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैको खोप कार्ड अनिवार्य रूपमा साथमा राख्ने प्रबन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ।

अर्को सूचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ।

कुश्मा नगरपालिकाले शैक्षिक संस्था बन्द नगर्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved