प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

नेपालभ्युज

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताए।

उनले नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँट स्वीकृति दिने, मेवा –चाङे र केराबारी–न्यू मस्र्याङदी १३२ के.भी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय पनि गरिएको बताए।

त्यस्तै बुढीगंगा जलविद्युत् आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने, पाल्पा २२० के.भी. सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने र खोर्ले बेसी (गोरखा) ३३ केभी प्रशारण लाइन तथा सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रवक्ता कार्कीले नेपाली जनताको तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने, नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान दिने, तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत दिने निर्णय समेत गरेको बताए।

सहसचिव शंकरप्रसाद खरेललाई सचिवमा बढुवा गरिएको छ। बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ। त्यस्तै सरकारले चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने, राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।

प्रवक्ता कार्कीले भने, “नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक श्रोतको रोयल्टी बाँडफाँट स्वीकृति गर्ने। मेवा-चाङे र केराबारी–न्यू मस्र्याङदी १३२ केभी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने। बुढीगंगा जलविद्युत आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने। पाल्पा २२० केभी सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने। खोर्ले बेसी (गोरखा) ३३ के.भी. प्रशारण लाइन तथा सवस्टेशन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने।

नेपाली जनताको तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने। नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान दिने। तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने। टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत दिने।

राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकरप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने। लोक सेवा आयोग-बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति गर्ने। बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने। चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने। राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने। राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने। नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्ने।

प्रवक्ता कार्कीले सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्ने निर्णयसमेत गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved