अङ्कितबाबुको ‘कफी क्रस’ सार्वजनिक (भिडियोसहित)

नेपालभ्युज

अङ्कितबाबुको ‘कफी क्रस’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ। गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन्।

भिडियोमा क्याफेको वेटरको भूमिकामा अङ्कितबाबु आफैं देखिएका छन्। “यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ,” उनले भने। अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन्।

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गरेका हुन्। नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका भिडियो निर्देशन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved