भारतमा एकैदिन साढे दुई लाख नयाँ संक्रमण, ४०२ को मृत्यु

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट संक्रमित भएका छन्। तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्।

नेपालभ्युज

भारतमा एकैदिन साढे दुई लाख नयाँ संक्रमण, ४०२ को मृत्यु

काठमाडौं। भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन्।

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन।

यो संख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढी भएको पनि अधिकारीले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट संक्रमित भएका छन्। तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ। तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved