यस्तो हुनेछ आजको मौसम

नेपालभ्युज

यस्तो हुनेछ आजको मौसम

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु–भागहरूमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved