डिश मिडिया नेटवर्कलाई आईटी-आईएसपी तर्फको एचआरएम अवार्ड

नेपालभ्युज

डिश मिडिया नेटवर्कलाई आईटी-आईएसपी तर्फको एचआरएम अवार्ड

काठमाडौं । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्डमध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लिमिटेडले प्राप्त गरेको छ।

डिश मिडया नेटवर्कले आफ्नो इन्टरनेट सेवा शुरुआत गरेसँगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लब प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ।

सो अवार्ड छनोटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्वडीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्वसचिव नेपाल सरकार, प्रोफेसर डा. रीता श्रेष्ठ र आशुतोष तिवारी र बैंकर वर्षां श्रेष्ठ रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved