पाकिस्तानमा भारी हिमपात, कम्तीमा २१ को मृत्यु

नेपालभ्युज

पाकिस्तानमा भारी हिमपात, कम्तीमा २१ को मृत्यु

काठमाडौं। उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । मुरीको पहाडी सहरमा हिमपात हेर्न पुगेका पर्यटकहरूको करिब एक हजार सवारी साधनहरू अलपत्र परेका छन्।

आपत्कालीन सेवाहरूका अनुसार हिमपातका कारण १० बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। कम्तीमा छ जनाको कारमा जमेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय आकस्मिक सेवा रेस्क्यू ११२२ का अनुसार मृत्यु हुनेमा एक प्रहरी, उनकी श्रीमती र छ जना छोराछोरीका साथै परिवारका पाँच जना रहेका छन्। सेनाले सडक खुलाउन र अझै फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको छ।

राजधानी इस्लामवादको उत्तरमा रहेको क्षेत्रमा यात्रा गर्ने मानिसहरूको सङ्ख्याका कारण सङ्कट उत्पन्न भएको गृहमन्त्री शेख रसिदले बताएका छन्। हालैका दिनहरूमा औपनिवेशिक युगको सहरमा एक लाख भन्दा बढी कारहरू पुगेका थिए। पाकिस्तानमा सामाजिक सञ्जालहरू हिउँको आनन्द लिइरहेका मानिसको तस्बिरहरूले भरिएका थिए।

तर शुक्रवारपछि त्यहाँ पुगेका पर्यटक भने फसेका छन्। शनिबार, भारी हिउँ र सवारी साधनहरूको वृद्धिले अधिकारीहरूलाई त्यस क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved