कजाखस्तानको सेनाले चेतावनी नदिई गोली चलाउन पाउने

नेपालभ्युज

कजाखस्तानको सेनाले चेतावनी नदिई गोली चलाउन पाउने
कजाखस्तानको व्यापारिक शहर अल्मातीको मूल चोकमा रूसी सेना। तस्वीरः मारिया गोर्देयेभा/रोयटर्स

एजेन्सी। कजाखस्तानमा विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति कास्यम जोमार्ट टोकायभले सेनालाई गोली चलाउने आदेश दिएका छन्। नयाँ आदेशअनुसार सेनाले प्रदर्शनकारीलाई कुनै चेतावनी नै नलिई सिधैं गोली चलाउन पाउनेछ।

राष्ट्रपति टोकायभले मुख्य शहर अल्मातीमा २० हजारको जत्थाले आक्रमण गरेको जनाएका छन्।

शुक्रबार बिहान यहाँको मुख्य स्क्वायरमा गोली चलेको सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका थिए। राष्ट्रपति टोकायभले विदेशमा तालिम लिएका ‘आतंककारी’ हरूले हमला गरेको आरोप लगाएका छन्। तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

इन्धनको मुल्यवृद्धीविरुद्ध शुरु भएको सरकारविरोधी आन्दोलनका कारण अहिले कजाखस्तान तनावमा छ। हिंसात्मक प्रदर्शनका क्रममा २६ जना आन्दोलनकारी र १८ जना सैनिकको मृत्यु भइसकेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

आन्दोलनकारीहरुलाई गृहमन्त्रालयले ‘‘बन्दूकधारी अपराधी’’ भनेको छ। यसअघि बिहीबारबाट आन्दोलन नियन्त्रणका लागि भन्दै यहाँ रुसी सेना घुसेको थियो। सरकारले सहयोग मागेपछि शान्ति स्थापना गर्न भन्दै रुसी सेना त्यहाँ पुगेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved