आज आंशिकदेखि सामान्य बदली, एक दुई स्थानमा हल्का वर्षा

आज देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहान प्रदेश १ र २ का एक दुई स्थानमा हल्का वर्षा भएको छ।

नेपालभ्युज

आज आंशिकदेखि सामान्य बदली, एक दुई स्थानमा हल्का वर्षा
सांकेतिक तश्वीर

काठमाडौं। आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहान प्रदेश १ र २ का एक दुई स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।

यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved