अर्थमन्त्री शर्माको प्रस्तावः काठमाडौंजस्ता नयाँ तीन ठूला शहरको निर्माण गरौँ

“काठमाडौं शहरको नयाँ भर्सन चाहियो। दूर-दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ”, अर्थमन्त्री शर्माल भने, “नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।”

नेपालभ्युज

अर्थमन्त्री शर्माको प्रस्तावः काठमाडौंजस्ता नयाँ तीन ठूला शहरको निर्माण गरौँ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउँदै त्यस्ता तीनवटा शहर बनाउन प्रस्ताव गरेका छन्। लगानी बोर्डको बैठकमा बिहीबार बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताए।

“काठमाडौं शहरको नयाँ भर्सन चाहियो। दूर-दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ शहर बन्दो रहेछ”, अर्थमन्त्री शर्माल भने, “नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।”

अर्थमन्त्री शर्माले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्ने मन्त्री शर्माको तर्क थियो। वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीनवटा ठूला शहरको निर्माण गर्नुपर्ने औँल्याए।

मन्त्री शर्माले विकासमा सन्तुलन आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए। पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

अर्थमन्त्री शर्माले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई आग्रह पनि गरे। त्यस्तै, जलविद्युत क्षेत्रमा तीनवटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि आग्रह गरे।

“बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्”, मन्त्री शर्माले भने।

त्यस्तै, उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए। यसका लागि अध्ययन गर्नसमेत उनले निर्देशन दिए।

“काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो तर द्रूत गतिमा पुग्ने हुनुपर्‍यो”, मन्त्री शर्माले भने, “यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुपर्‍यो।”

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved